News Portal

  • फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता३ भदौ, २०८०
    १५९ पटक
    ३ भदौ, २०८०

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सस्थापक समूह तर्फको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो ।

    कम्पनीले शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको भदौ ३ गतेले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय दुहबी सुनसरीमा आवेदन दिनुपर्नेछ ।

    कम्पनीले तोकिएको यस अवधिमा शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।
    प्रतिकृया दिनुहोस्