News Portal

  • एक वर्षमा भित्रियो १२.२० खर्ब रेमिट्यान्स

    आर्थीकसंसार संवाददाता१ भदौ, २०८०
    १९३ पटक
    १ भदौ, २०८०

    काठमाडौं। गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २१ दशमलव २ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो। अघिल्लो वर्ष पनि ४ दशमलव ८ प्रतिशतले बढीले रेमिट्यान्स भित्रिएको थियो।

    यस वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो।

    प्रतिकृया दिनुहोस्