News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८०
    २४० पटक
    ३२ साउन, २०८०

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले भदौमा बचत खातामा ब्याजदर बढाएको छ भने मुद्दती खातामा घटाएको छ ।

    बैंकले साधारण बचत खातामा न्यूनतम ४.९७ प्रतिशतदेखि अधिकतम ६.५७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । रेमिटेन्स बचतमा भने ७.५७ प्रतिशत तोकेको छ । यसअघि साउनमा बैंकले न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याज दिएको थियो ।

    यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५.९२ प्रतिशतदेखि अधिकतम ६.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । ब्यक्तिगततर्फ न्यूनतम ७.९२ प्रतिशतदेखि ८.९२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने ९.९२ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

    यसअघि साउनमा बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि अधिकतम ६.९५ प्रतिशत र ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोकेको थियो । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर दिएको थियो ।

    बैंकले साउनको तुलनामा भदौमा मुद्दती निक्षेप खातामा ०.०३ प्रतिशत ब्याज घटाएको हो ।

    बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.०२ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्