News Portal

  • एनएमबि बैंकले बिना आवेदन सातै दिन कर्जा दिने

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७७
    १३२७ पटक
    १७ कार्तिक, २०७७

    काठमाडौं । एनएमबी बैंकले बिना आवेदन चौबिसै घण्टा र सातै दिन कर्जा दिने भएको छ । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित एनएमबि सापटी कर्जा सेवा सुरू गरेको हो । यो ‘नेपालमै पहिलो पटक’ चौबीसै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा पनि हो ।
    जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बताएको छ । उक्त सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।
    एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलब खाता भएका तलबि कर्मचारीहरुलाई एक लाख रुपैयाँसम्म चौबीसै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् । ‘एनएमबि सापटी डिजिटल बैंकिङ्गमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिबृद्धि गर्दछ । शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्याउँदछ । एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ, जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत गर्दछ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।

    प्रतिकृया दिनुहोस्