News Portal

  • राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्दै

    आर्थीकसंसार संवाददाता३१ साउन, २०८०
    १६२ पटक
    ३१ साउन, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको छ। बैंकले भदौ १ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यस ऋणपत्र भोलि साउन ३२ गते बोलकबोलमार्फत बिक्री हुने जनाएको छ ।

    यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।यस ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ भदौ १ गते परिपक्व हुनेछ। यस ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।

    बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ४ अर्ब ९६ करोड ४० लाख र ८७ करोड ६० छुट्याइएको छ।

    प्रतिकृया दिनुहोस्