काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ०२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको बीमा कोष १० दशमलव ४९ प्रतिशतले बढेको छ । बीमा कोषमा १ अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ८ दशमलव ०३ प्रतिशतले घट्दै २६ करोड ५२ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५० पैसा रहेको छ ।