News Portal

  • मुक्तिनाथ बैंकका ग्राहकहरुलाई व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०७७
    १९३६ पटक
    १६ कार्तिक, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा विशेष छुटको व्यवस्था गरेको छ । मुक्तिनाथ बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
    बैकको सम्झौता भएका व्यवसायिक संस्थाहरुमा त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल, ल्याण्डमार्क होटल, धुलिखेल माउण्टेन रिसोर्ट, स्तुपा रिसोर्ट, जम्बाला रिसोर्ट, जम्बाला रिसोर्ट, ओडान ग्रुप अफ कम्पनी र देव कर्नर ज्वेलरी रहेका छन् ।
    सम्झौताअनुसार बैंकका ग्राहकलहरुले ब्लुक्रस अस्पतालमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिसोर्टमा १० प्रतिशत, माउण्टेन रिसोर्टमा १० प्रतिशत, स्तुपा रिसोर्टमा १५ प्रतिशत, जम्बाला रिसोर्टमा १५ प्रतिशत, ल्याण्डमार्कमा होटलमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनीमा १५ प्रतिशत र देव कर्नर ज्वेलरीमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस्