काठमाडाैं । नागरिक लगानी काेषले गत आर्थिक वर्षमा खुद मुनाफामा ३६.७४ प्रतिशतकाे वृद्धि हासिल गरेकाे छ। गत आवकाे असार मसान्तकाे प्रतिवेदन अनुसार यसकाे मुनाफामा ९० कराेड ७८ लाख रुपैयाँ पुगेकाे छ।
काेषले अघिल्लाे आव २०७८।७९ मा ६६ कराेड ३९ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियाे । काेषकाे बीमा काेष दायीत्व १२ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५४ कराेड रुपैयाँ पुगेकाे छ। अघिल्लाे आव २०७८।७९ मा बीमा काेष दायीत्व ३ अर्ब १६ कराेड ४५ लाख रुपैयाँ मात्र रहेकाे थियाे ।
खुद नाफामा वृद्धिका बावजुद काेषकाे प्रतिशेयर आम्दानी १७.०८ मा झरेकाे छ। प्रति शेयर नेट वर्थ गत आवकाे चाैथाे त्रैमासमा १५४.८१ रूपैयाँ कायम रह्याे । दाेश्राे बजारमा शेयरकाे अन्तिम काराेबार मूल्य २ हजार ८९ रूपैयाँ कायम रहेकाे थियाे । याे रकम प्रति शेयर आम्दानीकाे तुलनामा १२२.२७ गुणाले अधिक हाे । लगानीमा प्रतिफल ९.४ प्रतिशतमा उक्लिएकाे थियाे । अघिल्लाे आवमा जम्मा ८.८७ प्रतिशत मात्र रहेकाे थियाे । काेषसँग कूल ५ अर्ब ३१ कराेड रूपैयाँ चुक्ता पूँजी छ।