News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२५ साउन, २०८०
    १७२ पटक
    २५ साउन, २०८०

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीको १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर विmत्री गर्न निवेदन पेश हुन आएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरको मुल्य ४ सय रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न इच्छुक यस संसथाका हाल कायम संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
    कम्पनीले उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्