News Portal

  • हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, कसले कति पाए ? यसरी हेर्न सकिन्छ नतिजा

    आर्थीकसंसार संवाददाता२५ साउन, २०८०
    १७६ पटक
    २५ साउन, २०८०

    काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहिबार बिहान नक्साल स्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।
    क्यापिटलका अनुसार यस आइपीओमा कुल २७ हजार २ सय ३६ जनाको आवेदन परेकोमा ५ जनाको आवेदन रद्द भएको छ । शेयर पाउन योग्य रहेका २७ हजार २ सय ३१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ। जस अनुसार गोलाप्रथाबाट १४ हजार ६ सय २५ जना आवेदनले २० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा १२ हजार ६ सय ६ जना आवेदकको हात खाली भएको छ ।

    आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओ नतिजा हेर्न संचालनमा ल्याएको https://iporesult.cdsc.com.npवेबसाइटबाट हेर्न सकिन्छ ।

    कम्पनीले साउन ४ देखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयर बाँडफाँड भएसँगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आइपीओ निष्काशन गर्नेछ ।

    प्रतिकृया दिनुहोस्