News Portal

  • स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    आर्थीकसंसार संवाददाता२४ साउन, २०८०
    २४५ पटक
    २४ साउन, २०८०

    काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ सय ३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।
    विक्री गर्न चाहेको प्रतिशेयर मूल्य ७ सय रुपैयाँ कायम गरिएको छ । सोही मूल्यलाई आधारमा मानेर खरीदकर्ताले निवेदन पेश गर्नुपर्ने हुन्छ ।
    ईच्छुक खरीदकर्ताहरूले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उक्त शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । शेयर खरीद गर्न ईच्छुक सर्वसाधारण लगानीकर्ताले कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्