काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्यालीको आयोजना गरेको छ ।
बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाको सहभागिता थियो ।
पोखराको बाराहीघाट बाट शुरु भएको र्यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्यालीको समापन गरिएको थियो ।
उक्त साईकल र्यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ । कम्पनीले देशको सुगम तथा दुर्गम ठाउँमा आफ्नो सेवा विस्तार गरी बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
नेशनल लाइफको बीमा सचेतनाका लागि साइकल र्याली सम्पन्न
आर्थीकसंसार संवाददाता२२ साउन, २०८०
२२ साउन, २०८०- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न