News Portal

  • कुमारी बैंकद्वारा फोनलोन नयाँ कर्जा सुविधा सञ्चालन

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १२३० पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । कुमारी बैंक लिमिटेडले कुमारी फोन लोन नामक नयाँ कर्जा सुविधा सञ्चालन गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारी फोनलोन नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।
    उक्त कुमारी बैंकमा विभिन्न तलब खाता सञ्चालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुमारी फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ । साथै, कर्जाको लागि कुनै पनि धितोको आवश्यकता पर्दैन भने कुनै निवेदन दिन र कानुनी कागजात गरिरहनु पर्ने छैन ।
    ग्राहकलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न कुमारी फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्