News Portal

  • सानिमा बैंकको वितरणयोग्य नाफा मात्रै २.२० अर्बभन्दा बढी, लाभांश क्षमता १७.७३ प्रतिशत

    आर्थीकसंसार संवाददाता१९ साउन, २०८०
    १५३ पटक
    १९ साउन, २०८०

    काठमाडौं । सानिमा बैंकसँग गत वर्षको असारसम्म वितरणयोग्य नाफा २ अर्बभन्दा बढी रहेको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ ।
    गत असारसम्म बैंकको खुद नाफा २५.१३ प्रतिशत बढेर २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
    गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेर ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६५ करोड १७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    बैंकको खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेर ७७ करोड ८८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २६.७७ प्रतिशत बढेर ७ अर्ब ६४ करोड ३५ लाख रुपैयाँ र सञ्चालन नाफा २७.९६ प्रतिशत बढेर ३ अर्ब ७८ करोड ६ लाख रुपैयाँ रहेको छ ।
    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ र जगेडा कोष २३.८८ प्रतिशत बढेर ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ छ । बैंकको निक्षेप ११.५१ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब ६४ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा ६.५० प्रतिशत बढाएर १ खर्ब ४५ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ ।
    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.४४ रुपैयाँ बढेर २१.२ रुपैयाँ पुगेको छ । ा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.५१ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९७ प्रतिशत बढेर १.३ प्रतिशत, आधार दर १०.१५ प्रतिशत, कस्ट अफ फण्ड ८.२७ प्रतिशत, सीडी रेसियो ७९ प्रतिशत र स्प्रेड दर ४ प्रतिशत रहेको छ ।

    प्रतिकृया दिनुहोस्