काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आरुष लाइफ स्टाइल अस्पतालसँग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ । कम्पनीले आफ्नो छैटौ बाषिकोत्सवको अवसरमा जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउनका लागि उक्त वेभिनारको आयोजना गरेको हो ।
उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र सुकान्ति शाहले स्वस्थ जीवनयापनको लागि आवश्यक चार सुनौला पक्ष सन्तुलित भोजन, सक्रिय जीवनशैली , तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीहरुले मधुमेह, थाइराइड, मोटोपन आदि रोगसंग सम्बन्धित आफ्ना जिज्ञासा डाक्टरद्वय समक्ष राखी उक्त समस्याहरु बारे पनि बृहतरुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत सक्रिय भूमिका निभाउँदै स्वस्थ समाजको परिकल्पना गरेको बताए । त्यसैगरी आउँदा दिनहरुमा विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी अन्य कार्यक्रमहरु समेत सफलतापूर्वक आयोजना गरी छैटौ बाषिकोत्सव सम्पन्न गर्ने कम्पनीको उद्देश्य रहेको समेत उनले बताए ।
३ सयभन्दा बढी अभिकर्तासँग विभिन्न रोगहरुका बारेमा आइएमई लाइफको वेभिनार सम्पन्न
आर्थीकसंसार संवाददाता१६ साउन, २०८०
१६ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने