आर्थीकसंसार संवाददाता१५ साउन, २०८०
१५ साउन, २०८०काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले साधारण सभाको समय परिवर्तन गरेको छ । इन्स्योरेन्स कम्पनीले यसअघि अपरान्ह ४ बजे गर्ने भनेको वार्षिक साधारण सभा अब बिहान ११ बजेबाट सुरु हुने छ ।
इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा साउन १७ गते बोलाएको छ ।
कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी संरचनामा संस्थापक र साधारण सेयरको ७०ः३० को अनुपातलाई परिवर्तन गरी ६५ः३५ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।