News Portal

  • नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा यादव नियुक्त

    आर्थीकसंसार संवाददाता१४ साउन, २०८०
    २१३ पटक
    १४ साउन, २०८०

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त भएका छन् । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स एक आपसमा गाभिई बनेको नेशनल माइक्रोफाइनान्सको सिइओमा यादव नियुक्त भएका हुन् । उनलाई कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले कम्पनीको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार ३० गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्