News Portal

  • लुम्बिनी विकास बैंकले गर्यो ६१ करोड रुपैयाँ नाफा, अन्य सूचक कस्ता छन् ?

    आर्थीकसंसार संवाददाता१२ साउन, २०८०
    १९७ पटक
    १२ साउन, २०८०

    काठमाडौं । लुम्बिनी विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.८८ प्रतिशत बढेर ६१ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
    गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशत बढेर १ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
    समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ०.११ प्रतिशत बढेर १५ करोड ४१ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेर २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ, सञ्चालन नाफा ७.७० प्रतिशत घटेर ८६ करोड ९३ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ ।
    असारसम्म बैंकको चुक्ता पूँजी ३ प्रतिशत बढेर ३ अर्ब ३८ करोड रुपैयाँ, जगेडा कोष २०.२२ प्रतिशत बढेर २ अर्ब ७७ करोड रुपैयाँ, निक्षेप संकलन १४.६० प्रतिशत बढेर ४९ अर्ब १३ करोड २० लाख रुपैयाँ र कर्जा प्रवाह ९.१८ प्रतिशत बढेर ४१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १.३० रुपैयाँ घटेर १८.११ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९.४० रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको मूल्य आम्दानी अनुपात २२.८१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा रहेको छ ।
    बैंकको खराब कर्जा १.३३ प्रतिशत बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंकको आधार दर १२.०२ प्रतिशत, कस्ट अफ फण्ड ८७ प्रतिशत र सीडी रेसियो ८८.७१ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्