News Portal

  • पुरानो नगद लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता११ साउन, २०८०
    १९१ पटक
    ११ साउन, २०८०

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
    कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४।०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।
    कम्पनीले उक्त नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले तोको यस समयअवधिमा पनि शेयरधनीहरुले लाभांश बुझिलिन नआएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्