News Portal

  • विशाल बजारले सञ्चालक र कर्मचारीसहित भवनको १६ करोड बढीको बीमा गर्ने

    आर्थीकसंसार संवाददाता९ साउन, २०८०
    २४५ पटक
    ९ साउन, २०८०

    काठमाडौं । विशाल बजार कम्पनीले भवन लगायत कर्मचारी र सञ्चालकहरुको १६ करोड बढीको बीमा गरिदिने भएको छ । कम्पनीले व्यापारिक भवन, फर्निचर तथा मेशिनरी सामान, कम्पनीका सञ्चालक र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा लगायत मेडिकल बीमा वापत १६ करोड १९ लाख ५२ हजार रुपैयाँको बीमा गर्ने जनाएको छ ।
    कम्पनीले एक सूचना जारी गरी व्यापारिक भवन, फर्निचर फिक्चर्स, कार्यालय उपकरण, मेशिनरी सामान तथा अन्य हुलदंगा, मेलेसियम, आतंकवाद भूकम्प आदि वापतको १४ करोड ४० लाख ५२ हजार ६८ रुपैयाँ र कम्पनीका अध्यक्ष, संचालकहरु र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा १ करोड ४० लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गर्ने जनाएको छ । साथै, कर्मचारीको स्वास्थ्य (मेडिकल) बीमा बीमांक वापत ३९ लाख रुपैयाँ बीमा गर्ने कम्पनीले जनाएको छ ।
    कम्पनीका अनुसार व्यापारिक भवनको प्रिमियम ८ करोड ६८ लाख १ हजार ४०९ रुपैयाँ रहेको छ । यस्तै, ६ थान स्केलेटर, ३ थान जेनेरेटर, २ थान लिफ्ट र अन्य मेशिनरीको ४ करोड ९१ लाख ६१ हजार २५२ रुपैयाँ, फर्निचरको १५ लाख २ हजार ७७४ रुपैयाँ र कार्यालय उपकरणको ६५ लाख ८६ हजार ६३३ रुपैयाँको बीमा गर्ने भएको हो ।
    सो वापतको बीमा गर्न इच्छुक बीमा कम्पनीले ७ दिनभित्र सिलबन्दी बोलपत्र पेश गर्न विशाल बजारले आग्रह गर्को हो ।

    प्रतिकृया दिनुहोस्