News Portal

  • ३७५ रुपैयाँमा सेयर बेचेर एनआईसी एशिया बैंकका संस्थापक बाहिरीदैँ

    आर्थीकसंसार संवाददाता९ साउन, २०८०
    १९९ पटक
    ९ साउन, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।
    बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको छ ।
    बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् ।
    बैंकको सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआइएमबि क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्