काठमाडौं । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले मातृभुमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार २०७९ प्रा.डा.गोविन्दराज भट्टराईलाई प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त पुरस्कार प्रा.डा.भट्टराईलाई हस्तान्तरण गरेको हो ।
बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले ५१ हजार राशीको उक्त पुरस्कार बराबरको चेकका साथै सम्मानपत्र प्रा.डा. गोविन्दराज भट्टराईलाई हस्तान्तरण गरेका हुन्।
भिन्न विधाहरुमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ।
सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे ।
प्रा.डा.गोविन्दराज भट्टराई महालक्ष्मी साहित्य पुरस्कार २०७९ बाट सम्मानित
आर्थीकसंसार संवाददाता८ साउन, २०८०
८ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने