News Portal

  • आइएमई लाइफको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता७ साउन, २०८०
    १६४ पटक
    ७ साउन, २०८०

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न भएको छ । उक्त तालिम भैरहवामा साउन ६ गते कम्पनीका कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको हो । कम्पनीका १२० जना कर्मचारी, कम्पनीका विभागीय प्रमुख, शाखा प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालको पनि उपस्थिती रहेको थियो ।
    शाखा प्रमुख, विभागीय प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपाल बीमा प्राधिकरणका उप निर्देशक हृदयश्वर पण्डितले विस्तृत प्रशिक्षण दिएका थिए ।
    र कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो ।

    प्रतिकृया दिनुहोस्