काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १० औँ संस्करण, मंगलबार सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरुका लागि प्रत्यक्ष तथा भिडियो कल मार्फत हरेक त्रैमासिक अन्तरालमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
कर्मचारी मैत्री कार्यस्थल बनाउन र सम्पुर्ण टिमलाई कम्पनीको लक्ष्य पुरा गर्नको लागी व्यवस्थापन टिम सँग पङ्क्तिबद्ध भएर साथ साथ अघि बढ्न यस्तो सभाले महत्तोपुर्ण भूमिका खेल्दछ भन्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको भनाइ छ । सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ ।
कम्पनीमा कार्यरत कर्मचारीहरूले कम्पनीको संरचना तथा विभाग अनुसारको कार्य तथा अन्तरक्रिया नियमित रुपमा गर्ने गर्दछन तर कम्पनीको प्रमुख कार्यकारी अधिकृतसँग त्रेमासिक रुपमा प्रतक्ष्य भेट्ने, कम्पनीको प्रगती तथा योजनको जानकारी प्राप्त गर्ने र सो विषयमा संवाद एवं छलफल गर्ने अवसरले संस्थाको सवै तहमा प्रभाकारी संचार हुने तथा कर्मचारीहरुलाई एकसाथ ल्याउने यो उत्कृष्ट माध्यम हो ।
टाउन हल सभा सबै कर्मचारीहरुको लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनितीमा एकतावद्ध हुने अवसर हो । कम्पनीले गरेको प्रगती, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरुको बारेमा अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो ।
कार्यस्थलमा एक स्वस्थ वातावरण स्थापना गर्ने सन्दर्भमा, टाउन हल सभाहरू कर्मचारीहरूलाई आफ्ना विचारहरू प्रस्तुत गर्न र सशक्त बनाउनको लागि अत्यन्त महत्त्वपूर्ण रहन्छन ।
सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न
आर्थीकसंसार संवाददाता७ साउन, २०८०
७ साउन, २०८०- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न