News Portal

  • कालिका लघुवित्तको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता५ साउन, २०८०
    २५० पटक
    ५ साउन, २०८०

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी बासुदेव पौडेलको नाममा रहेको शेयर बिक्री गर्ने जनाएको छ ।
    उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले संस्थाको केन्द्रिय कार्यालयमा सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई विक्री गरिने संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्