काठमाडौं । विश्व बैंकले नेपाललाई साढे नौ अर्ब सहयोग ग्रामीण कृषि विकासमा खर्च गरिने भएको छ । विश्व बैंकले सो सहयोग कोरोना महामारीले थला परेको नेपाली अर्थतन्त्र पुनरुत्थानका लागि ८० मिलियन अमेरिकी डलर अर्थात् करिब साढे ९ अर्ब रुपैयाँ सहयोग प्रदान गर्ने भएको हो । कोरोना महामारीबाट थला परेको असर न्युनीकरण गरी नेपालको कृषि क्षेत्रको विकासका लागि ग्रामीण उद्यम र आर्थिक विकासका यस्तो रकम प्रदान गर्न लागिएको विश्व बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्व बैंकले यो सहयोग नेपाल सरकारका लागि एउटा अवसर भएको छ । त्यसको साथसाथै निजी क्षेत्रसँग मिलेर काम गर्नका लागि रकम खर्च गरिने पनि उल्लेख छ । विश्व बैंकले दिइएको सहयोगले कृषि क्षेत्रको विकासका लागि सहयोगी भूमिका खेल्ने विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंका हेर्ने निर्देशन फरिसु हाडाड जेरभोसले सो कुरा बताएका हुन् । विश्व बैंकबाट प्राप्त सो सहयोग रकम प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा यो परियोजना सञ्चालन गरिने भएको छ । अहिलेसम्म नेपालमा विश्व बैंकको सहयोगमा २४ वटा परियोजना सञ्चालनमा छन् । यस्ता परियोजनामा ३ अर्ब अमेरिकी डलर बराबरको सहयोग नेपालले पाएको उल्लेख छ ।
विश्व बैंकले नेपाललाई दिइएको साढे नौ अर्ब सहयोग कृषि विकासमा खर्च गरिने
आर्थिकसंसार संवाददाता१३ कार्तिक, २०७७
१३ कार्तिक, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने