काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७८/७९ मा १० करोड ५६ लाख नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्ममा ११ करोड १६ लाख खुद नाफा कमाएको छ । कम्पनीको खुद ब्याज आम्दानी १९ दशमलव २१ प्रतिशतले वृद्धि हुँदै २८ करोड ४९ लाख पुगेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य ८ करोड ८ लाख रहेको छ। यसको आधारमा आर्थिक वर्ष ७९/८०को वितरणयोग्य नाफाबाट कम्पनीको लाभांश दिने क्षमता ९ दशमलव २९ प्रतिशत रहेको छ ।
८६ करोड ९५ लाख चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ११ करोड ५५ लाख र रिटेण्ड अर्निङ्ग्समा ८ करोड ८४ लाख रहेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा र प्रति शेयर नेट्वर्थ १२३ रुपैयाँ ४६ पैसा छ ।
आरएसडिसी लघुवित्तको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, प्रतिशेयर वितरणयोग्य नाफा कति ?
आर्थीकसंसार संवाददाता३ साउन, २०८०
३ साउन, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने