News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२ साउन, २०८०
    १६२ पटक
    २ साउन, २०८०

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले चार जना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो ।
    संस्थापक शेयरधनी समुहका प्रेम कुमार बरालको नाममा रहेको छ हजार कित्ता, मान बहादुर बीकेको १० हजार कित्ता, माधव प्रसाद नेपालको १० हजार कित्ता र यज्ञ बिक्रम शाहीको १० हजार कित्ता गरि कुल ३६ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।
    उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरु लगायत अन्य जोकोही व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटबलमा आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्