काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबारबाट आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थपगरी प्रतिशेयर कुल २३९ रुपैयाँमा आपिओ निष्काशन गर्न लागेको हो । त्ययसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछ ।
कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
त्यसमध्ये, १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर, प्रतिशेयर १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो ।
त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २३९ रुपैयाँका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँका दरले छुट्याईएको छ ।
सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखी १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकत्तम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आइपिओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ट्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तिय दायित्व बहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँदछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय सस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओमा सोमबारबाट आवेदन खुल्ला
आर्थीकसंसार संवाददाता३१ असार, २०८०
३१ असार, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने