काठमाडौं । नबिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असारको तुलनामा साउनमा निक्षेपको ब्याजदर बढाएको छ ।
बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत ब्याजदर तोकेको छ । साथै, बैंकको रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर निर्धारण गर्नेछ ।
हाल बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.४० प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।
यस्तै, बैंकले मुद्दति निक्षेपमा पनि ब्याजदर बढाएको छ । बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ९.९९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर निर्धार गर्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ । हाल बैंकले संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याज दिइरहेको छ भने रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ ।
बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर ९.६५ प्रतिशत र ब्याजदर अन्तर ५.१४ प्रतिशत रहेको छ । असारमा बैंकको आधार दर ९.८३ प्रतिशत छ ।
नबिल बैंकले बढायो निक्षेपको ब्याजदर
आर्थीकसंसार संवाददाता३१ असार, २०८०
३१ असार, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने