आर्थीकसंसार संवाददाता२८ असार, २०८०
२८ असार, २०८०काठमाण्डाै । सानिमा बैंक र हिमालयन बैंकले आफ्नाे बचतकर्ताकाे आश्रित परिवारजनलाई बीमा दाबीवापतकाे १०-१० लाख रुपैयाँ भुक्तानी दिएका छन् ।
हिमालयन बैंकले दुर्घटना मृत्यु बिमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले खातावाला ईश्वर गुरागाइँकाे श्रीमति विमला गुरागाईंलाई बैंककाे बनेपा शाखा मार्फत् बीमा दाबी रकम भुक्तानी गरेको हो ।
यसैगरी सानिमा बैंकले ‘सानिमा दीर्घायू तलब बचत खाता’ अन्तर्गत खातावाला भूमिका आलेको हकवाला क्षितिज आलेलाई १० लाख रुपैयाँ भुक्तानी गरेकाे छ। भूमीका आलेकाे दुर्घटनामा परी मुत्यु भएकाे थियाे । सानिमा बैंकको कुमारीपाटी शाखा प्रबन्धक रोमिला कोइरालाले बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरेकी हुन्।