News Portal

  • निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी नेपाल माइक्रोले शुरु गर्यो कारोबार

    आर्थीकसंसार संवाददाता२८ असार, २०८०
    २५१ पटक
    २८ असार, २०८०

    काठमाडौं । निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजत पाएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले बिहीबार अर्थात असार २८ गतेदेखि कारोबार शुरु गरेको छ । इन्स्योरेन्सले बिहीबार चितवनको भरतपुरमा आयोजित एक समारोहबीच कम्पनीको उद्घाटन गरी आफ्नो व्यवसायिक कारोबार औपचारिक रुपमा शुरु गरेको हो ।
    उक्त कम्पनीको उद्घाटन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका हुन् । यससँगै इन्स्योरेन्सले बिहीबारबाट देशभर निर्जीवन लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्न पाउने छ । कम्पनीले केन्द्रिय कार्यालय भने चितवनको भरतपुर(१ मा छ ।
    कारोबार सञ्चालन गरेपश्चात नेपाल माइक्रो इन्स्योरेन्स निर्जीवन लघुबीमा क्षेत्रकै पहिलो कम्पनी हुनेछ । तर, लघु बीमाकाे क्षेत्रमा भने नेपाल माइक्रो इन्स्योरेन्स दोस्राे कम्पनी हाे ।
    नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीले घर, सम्पत्ति तथा व्यवसाय र इन्जिनियरिङ्गको अधिकतम ५०/५० लाख रुपैयाँसम्मको लघुबीमा गर्न पाउने छ । हाल कम्पनीले सम्पत्ति बीमा पोलिसी बिक्रीका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाएको छ ।

    नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकिदिएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष आशिष श्रेष्ठ र सञ्चालकमा लतिका गोल्यान, सिद्धान्त झुनझुनवाला र प्रविना दाहाल छन् । त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल राज गिरी र महाप्रबन्धकको जिम्मेवारीमा प्रबिना नेपाल छन् । त्यसैगरी, कम्पनीको विभागीय प्रमुखमा तीन जना छन् । जसमध्ये प्रशासन विभाग प्रमुखमा अमृत लामिछाने, सूचना प्रविधि विभागको प्रमुखमा सुशान थापा र मार्केटिङ हेडमा अमृत अधिकारी छन् । आइटी प्रमुख थापा कम्पनीको सूचना अधिकारी समेत हुन् ।

    बिहीबारदेखि कारोबार सुरु गर्दै नेपाल माइक्रो इन्स्योरेन्स, सीईओ भन्छन् : ठूला कम्पनीले गर्न नसकेको बिजनेस गर्छौं

    प्रतिकृया दिनुहोस्