News Portal

  • ग्लोबल बैंकको दुई शाखा र दुई एक्स्टेन्सन काउन्टर सञ्चालन

    आर्थीकसंसार संवाददाता५ कार्तिक, २०७७
    १२८२ पटक
    ५ कार्तिक, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले नयाँ शाखाहरुको भर्चुअल्ली उद्घाटन गरेका हुन् ।
    यसका साथै ग्लोबल बैंकले भक्तपुरको गाम्छा र चितवनको सप्तगण्डकी कलेज परिसरमा नयाँ एक्सटेन्सन काउण्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ शाखा तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालन आएसँगै बैंकको शाखाहरुको संख्या २६१ र एक्सटेन्सन काउण्टरको संख्या ४५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्