काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साउन १७ गते बुधबार २०औं वार्षिक साधारण सभ ागर्ने भएको छ । कम्पनीले लिसारा रिसेप्सन, भगवाती बहाल नक्साल, काठमाडौँमा दिउँसो ४ बजे आयोजना गर्ने जनाएको छ । कम्पनीको असार २२ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले संचालक समितिको वार्षिक प्रतिवेदन २०७७ /७८ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान हिसाब नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
सभाले लेखारीक्षक नियुक्ती गर्ने, नीजको पारीश्रमिक निर्धारण गर्ने,संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार साउन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
एलआइसी नेपालले डाक्यो २०औं वार्षिक साधारण सभा, यस्ता छन् ६ एजेण्डा
आर्थीकसंसार संवाददाता२६ असार, २०८०
२६ असार, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने