News Portal

  • जोशी हाईडोपावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

    आर्थीकसंसार संवाददाता२५ असार, २०८०
    १४२ पटक
    २५ असार, २०८०
    काठमाडौं । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा असार २५ गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
    सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
    काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस जोशी हाईडोपावर डेभलपमेण्ट  कम्पनीको हालको चुक्ता पुँजी ३७,१४,००,०००÷–  को प्रति शेयर अंकित १ सय रुपैयाँको दरले १ कित्ता शेयरको ०.६५ प्रतिशत को अनुपातमा २४,१४,१०० कित्ता हकप्रद शेयर निकाष्शन गर्नेछ ।
    प्रतिकृया दिनुहोस्