News Portal

  • बैंकका सञ्चालक भुक्तानी प्रदायक कम्पनीको सञ्चालक बस्न नपाउने

    आर्थीकसंसार संवाददाता२५ असार, २०८०
    १५२ पटक
    २५ असार, २०८०

    काठमाडौं । एकैपटक दुई वटा संस्थाको सञ्चालक बस्न नपाइने भएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीतिको प्रथम संशोधन गर्दै राष्ट्र बैंकले एकैपटक भुक्तानी प्रदायक कम्पनी र अन्य संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था गरेको हो ।
    राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा सञ्चालक रहेको ब्यक्ति भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालक बन्न पाउने छैन ।
    संवैधानिक पद धारण गरेको व्यक्ति वा संघीय संरचना बमोजिमको स्थानीय, प्रादेशिक वा संघीय तहको पदाधिकारीमा निर्वाचित व्यक्ति पदमा बहाल रहुञ्जेलसम्म भुक्तानी प्रदायक कम्नीको सञ्चालक बन्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।
    ‘बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक तथा पदाधिकारी रहेको व्यक्ति एकै पटक अन्य भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन पाउने छैन,’ राष्ट्र बैंकले भनेको छ ।
    तर कुनै अनुमतिपत्र प्राप्त संस्थामा भुक्तानी सम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारी, सरकारले नियुक्त गरेको अवस्थामा वाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्