News Portal

  • जानकी फाइनान्सले डाक्यो २६औं वार्षिक साधारण सभा, यस्ता छन् ४ एजेण्डा

    आर्थीकसंसार संवाददाता२५ असार, २०८०
    १२८ पटक
    २५ असार, २०८०

    काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा साउन १३ गते गर्ने भएको छ । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा उक्त सभा गर्ने जनाएको छ । सभा बिहान ९ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।
    सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
    त्यस्तै सभाले यस कम्पनी र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरू गाभ्नेरगाभिने वा प्राप्ति गर्नरगराउन उपयुक्त देखिएको अवस्थामा सोसम्बन्धी सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
    साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन २ देखि १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा साउन १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्