News Portal

  • आगामी मौद्रिक निति बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न, मौद्रिक नितिमा लचकता ल्याउन अर्थविदको सुझाव

    आर्थीकसंसार संवाददाता२४ असार, २०८०
    १२४ पटक
    २४ असार, २०८०

    काठमाडौं । नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक निति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक छलफल चौतारी नेपालद्धारा आयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उदेश्य आगामी मौद्रिक नितिका लागि सुझाव संकलन गर्नु रहेको संस्थाका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री प्रकाश शरण महतले आगामी मौद्रिक निति खुकुलो बनाउने र व्याजदर घटाउन जोड दिने बताए ।
    अर्थतन्त्रलालाई चलायमान बनाउन प्रमुख भूमिका खेल्ने मौद्रिक निति र वित्त निति भएको हुँदा यी दुई नितिमा सरकारले विशेष जोड दिनुपर्ने अर्थमन्त्री महतको भनाई छ । बैंकमा तरलता हुँदा पनि कर्जा प्रवाह गर्न नसक्नु ठूलो समस्या भएको भन्दै उनले आगामी मौद्रिक निति खुकुलो बनाएर लैजाँदा खुकुलो हुने बताए । साथै तत्कालिन समयमा स्रोत सुनिश्चितता सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको उनको भनाई छ ।
    जुन हिसाबले व्याजदर बृद्धि भएको छ त्यसले सिंगो अर्थतन्त्रलाई नै समस्याग्रस्त बनाएको अर्थविद डा.डिल्लीराज खनालको भनाई छ । दिनप्रतिदिन वित्तीय संस्था डुब्दै जानु गलत तरिकाले भइरहेको लगानी एक्सपोज हुन नसक्नु पनि अर्थतन्त्र धरासायी बन्ने मुख्य पाटो रहेको उनको भनाई छ । यसैगरि अर्थविद डा.चन्द्रमणि अधिकारीले मौद्रिक नितिलाई खुकुलो छोड्नु पनि गलत र कसिलो कनाउनुपनि गलत भएकोले लचकदार मौद्रिक निति नेपालमा आवश्यक रहेको बताए । दैनिक उपभोग्य वस्तुमा सरकारले लतचकता अपनाउनुपर्ने र विलासस्ताका वस्तुमा कसिलो बन्नुपर्ने उनको सुझाव रहेको छ । देश संघियतामा गइसकेपनि केन्द्रिय सरकारको मातहत कायम रहदा प्रादेशिक असन्तुलनमा बृद्धि भएको उनले बताए ।
    अर्थविद महेश चौलागाईले भने मौद्रिक नितिलाई खुकुलो बनाउँदा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताए । मौद्रिक नितिलाई खुकुलो बनाउँदा व्यापार व्यवसाय क्रेडिटमा जाने र लोन रिकभरिमा समस्या आउने उनले बताए । जसकारण बैंकिङ क्षेत्र नै क्राइसिसमा जाने भएकोले मौद्रिक नितिलाई खुकुलो बनाउन नहुने उनको तर्क रहेको छ ।
    कार्यक्रमा उपस्थितिहरुले मौद्रिक निति तथा अर्थतन्त्रको बारेमा राखेको जिज्ञासालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका संचालक चिन्तामणि सिवाकोटिले आर्थिक वर्ष सुरु भएको एक साताभित्र मौद्रिक निति ल्याउने तयारी रहेको बताए । कोभिडअघि मौद्रिक निति असार अन्तिममा आउने गरेतापनि केहि वर्षदेखि कारणबस ढिला हुने गरेको उनले बताए । बैंकमा तरलता रहेतापनि व्याजदर बढेकोले कर्जा प्रवाहमा समस्या भएको उनले बताए । व्याजदर बृद्धि हुनु, कर्जा प्रवाह हुन नसक्नु, उत्पादनमा बृद्धि नहुनु, कर्जाको गुणस्तर सोचेजस्तो नभएको र खराब कर्जाको बृद्धि भएकोले मौद्रिक नितिलाई कडाइका साथ अघि बढाउन समस्या भएको उनले बताए । सार्थ आगामी मौद्रिक नितिमा भने लचकता कायम गर्न राष्ट्र बैंक तयारीमा रहेको उनको भनाई छ । मौद्रिक नितिले घरजग्गा र शेयर बजारमा समेत केहि हदसम्म खुकुलो ल्याउने उनको भनाई छ ।

    प्रतिकृया दिनुहोस्