News Portal

  • अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर

    आर्थीकसंसार संवाददाता२१ असार, २०८०
    १९० पटक
    २१ असार, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।
    बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
    राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने अधिकारीले बताए ।
    मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव संकलन गरिरहेको अधिकारीले बताए ।
    ‘उद्यमी व्यवसायिका पीर, मर्का, अप्ठ्याराहरु एकै किसिमका हुनुपर्ने हो । त्यो फरक फरक किसिमले आउँदा हामीलाई पनि समावेश गर्न गाह्रो हुन्थ्यो, तर अहिले एकमुष्टरुपमा आएका सुझावले कार्यान्वयन गर्न सहज हुनेछ’, अधिकारीले भने ।

    प्रतिकृया दिनुहोस्