News Portal

  • पुनर्बीमा सफ्टवेयर आपूर्तीकाे प्रस्तावका लागी नेपाल रिले अवधि थप्याे

    आर्थीकसंसार संवाददाता२१ असार, २०८०
    ८८ पटक
    २१ असार, २०८०

    काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा सम्बन्धी सफ्टवेयर तयार पार्नका लागी पर्याप्त आवेदन नपरेपछि आवेदनकाे अवधि थपेकाे छ। पुनर्बीमा कम्पनीले २० जुलाई २०२३ सम्मका लागी आवेदन अवधि थपेकाे हाे ।
    पुनर्बीमकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गर्दै सफ्टवेयर उपलब्ध गराउन इच्छुक सूचना प्रविधि कम्पनी र परामर्शदाता संस्थालाई प्रस्ताव पेश गर्न अनुराेध गरेकाे हाे। यसअघि १३ जुलाई २०२३ दिनकाे २ बजेभित्रमा विद्युतीय माध्यमबाट बाेलपत्र दर्ता गर्न अनुराेध गरेकाेमा ७ दिनकाे अवधि थपेकाे हाे। बाेलपत्र सम्बन्धी आह्वान पत्रमा उल्लेख भए अनुसार याेग्यताका लागी ४० प्रतिशत अनुभवका लागी ५० प्रतिशत र बाँकी १० प्रतिशत अ‌ंक क्षमताका लागी प्रदान गरिनेछ।

    प्रतिकृया दिनुहोस्