News Portal

  • नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने

    आर्थीकसंसार संवाददाता२० असार, २०८०
    १७४ पटक
    २० असार, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘च’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले यही असार २२ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र भोलि असार २१ गते बोलकबोल मार्फत बिक्री गरिने जनाएको छ ।
    ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८६ असार २२ गते परिपक्व हुनेछ ।
    यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ । बोलकबोलमा इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात रु ८.५ अर्ब र रु। १.५ अर्ब छुट्याइएको छ ।
    त्यस्तै, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्