काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको उक्त साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।
साधारणसभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन हुनुभएको छ । उहाँहरुको चयनबाट संस्थाको नेतृत्व समूह अझ बलियो भएको छ । नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास गरिएको छ ।
दोस्रो वार्षिक साधारणसभा च्याप्टरका लागि महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ । साधारण सभाले व्यावसायिक प्रगति, सञ्जालीकरणको अवसर तथा सामुदायिक सहभागिताको प्रतिबद्धता व्यक्त गरेको हुँदा यसले संस्थाको सशक्तीकरणमा ठूलो योगदान गर्ने ठानिएको छ ।
सुुबिनको गतिशील नेतृत्व र उहाँको समर्पित टिमअन्तर्गत संस्थाले नयाँ उचाइ हासिल गर्ने अपेक्षा पनि गरिएको छ । मञ्चको ललितपुर च्याप्टरले साधारण सभा भव्य रुपमा सफल बनाउन योगदान गर्ने सबै शुभेच्छुक र सरोकारवालाप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टरको नेतृत्वमा सुबिन
आर्थीकसंसार संवाददाता२० असार, २०८०
२० असार, २०८०- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो