काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीलाई बीमा प्राधिकरणले हकप्रद शेयर निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको हालको शेयर संरचना तत्कालीन बीमा समितिको निर्देशन अनुसार नै भएको र सो परिवर्तन भएमा विगतमा नियमनकारी निकायबाट प्राप्त निर्देशनहरु विपरित हुन जाने समेत देखिएकाले कम्पनीको पूँजी योजना अनुसार हकप्रद शेयर जारी गर्न प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।
कम्पनीलाई ६६ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृती प्रदान गरिएको बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले इन्स्योरेन्स खबरलाई जानकारी दिए ।
एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी पुर्याउनलाई ७१.३२ प्रतिशत पूँजी अपुग छ । कम्पनीले हकप्रद शेयर निष्काशन गरेर नपुग रकम बोनस शेयरबाट साढे दुई अर्ब जुटाउने योजना बनाएको छ ।
सकेसम्म बीमा कम्पनीहरुलाई बोनश,मर्जर, रणनीति साझेदार र सम्पत्ती विक्री गरेर तोकिएको पूँजी जुटाउनुपर्ने जनाउँदै आएकोमा प्राधिकरण हकप्रद निष्काशनमा लचिलो बनेको हो । अब प्राधिकरणको यो निर्णयसँगै कम्पनीहरुले हकप्रद जारी गरेर पनि चुक्ता पूँजी जुटाउन सक्नेछन् । तर यस अघि प्राधिकरणले साउन महिनापछि मात्रै कम्पनीहरुलाई हकप्रद निष्काशनको लागि अनुमति दिने भन्दै जित कसेपनि साउन अगाबै हकप्रदको लागि खुकुलो नीति लिएको छ । प्राधिकरणको यस्तो निर्णय बीमा कम्पनीहरुको लागि न्यायोचित देखिन्छ ।
बीमा कम्पनीप्रति प्राधिकरणको न्यायोचित निर्णय, एनएलजी इन्स्योरेन्सलाई हकप्रद निष्काशनको स्वीकृती
आर्थीकसंसार संवाददाता१८ असार, २०८०
१८ असार, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने