News Portal

  • राष्ट्र बैंकले मौद्रिक नीतिको लागि संकलन गर्याे निजी क्षेत्रबाट सुझाव

    आर्थीकसंसार संवाददाता१४ असार, २०८०
    १६८ पटक
    १४ असार, २०८०

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०÷८१ का मौद्रिक नीतिका लागि सुझाव संकलन गरेको हो ।
    राष्ट्र बैंकले आयोजना गरेको सो कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्धय डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र लगायत कार्यकारी निर्देशक र सम्बन्धीत विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ लगायतको उपस्थिती थियो ।
    कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले कर्जा दुरुपयोग बढ्दै गएकोले रोक्नका लागि चालू पुँजी कर्जा मार्गदर्शन ल्याइएको बताए । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले सो मार्गदर्शन खारेज वा संशोधन हुनु पर्ने आवाज उठाए पनि गभर्नर अधिकारीले आफू पछि नहट्ने बताए । चालू पुँजी कर्जा मार्गदर्शनले ठूलो सुधार गरेको उनको भनाइ छ । उनले बैंकिङ प्रणालीमा रहेको विकृति हटाइरहेको बताए ।

    प्रतिकृया दिनुहोस्