News Portal

  • नेशनल र समीट लघुवित्तको स्वाप रेसियो १०० बराबर ७३ कित्ता, १०८ कराेड पुँजीसहित ७४ जिल्लामा पहुँच

    आर्थीकसंसार संवाददाता७ असार, २०८०
    २१६ पटक
    ७ असार, २०८०

    काठमाडौं । नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. र समीट लघुवित्त वित्तीय संस्था लि. बीच असार ६ गते मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस कार्यक्रममा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष केशवप्रसाद आचार्य र समीट लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्ष तिर्थराज ढकालले संयुक्त रुपमा अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर बरावर समीट लघुवित्तको ७३ कित्ता सेयर हुने गरी स्वाप अनुपात तय भएको छ ।
    मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने र केन्द्रीय कार्यालय बनेपा रहने भएको छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव रहने र अध्यक्षमा नेशनल माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्था लि. को अध्यक्ष केशवप्रसाद आचार्य नै रहने गरि सम्झौता भएको छ ।
    मर्जर पश्चात हुने नेशनल समीट माइक्रोफाइनन्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ भई शाखा सञ्जाल २०५ हुने र देशको ७४ जिल्लामा संस्थाको पहुँच पुग्ने छ । ग्राहक सदस्य संख्या करिब २ लाख १० हजार भन्दा माथी भई कर्मचारी संख्या करिब ९०० जना पुग्ने, कर्जा करिव १७ अर्ब रुपैयाँ र बचत करिब ५ अर्ब रुपैयाँ पुग्ने मर्जर सम्झाैतापछि जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्