News Portal

  • हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत

    आर्थीकसंसार संवाददाता६ असार, २०८०
    १८८ पटक
    ६ असार, २०८०

    काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत भएको छ । साविको यूनियन लाइफ,प्राइम लाइफ र गुराँस लाइफबीच मर्जर पछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत भएको हो ।
    साविकको ३ वटा कम्पनीहरु एक आपसमा गाभिदा १ः१ः१ को अनुपातमा कायम हुन आएको ८ करोड २ लाख ३ हजार ८३७ दशमलव शून्य २ कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।
    कम्पनीको शेयर एचएलआई कारोबार संकेत रहेको छ । सोहि आधारमा भोलि बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

    प्रतिकृया दिनुहोस्