News Portal

  • हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता५ असार, २०८०
    २४४ पटक
    ५ असार, २०८०

    काठमाडौं । हिमालयन  बैंक र जंगल भिल्ला रिसोर्टबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
    बैंक र जंगल भिल्ला रिसोर्टबीच भएको सम्झौता अनुसार चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकलाई १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।
    बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्