News Portal

  • एनएमबि बैंक र सिजीबीच सम्झौता

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १०६७ पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । सिजीका उत्पादनहरुमध्ये कुनै पनि उत्पादन एनएमबि बैंकका ग्राहकहरुले बैंकको कार्डबाट खरिद गर्दा मेगा डिलअन्तर्गत एनएमबि दशैं नगद फिर्ता अफरअन्तर्गत प्रत्येक खरीदमा चार हजार रुपैयाँसम्म बचत गर्न सक्ने बैंकले जनाएको छ ।
    एनएमबि बैंक र सिजीबीच बैंकका ग्राहकहरुलाई सिजी ब्राण्डका उत्पादन खरीदमा सहजता तथा छुट प्रदान गर्ने प्रदान गर्ने विषयमा समझदारी भएको छ । दशैं किनमेलमा सजिलो होस् भन्ने उद्देश्यका साथ सिजीले यो अभियान सुरु गरिएको जनाइएको छ ।
    दशैं महा अफरअन्तर्गत ग्राहकले सिजीका उत्पादनहरूको प्रत्येक खरीदमा एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा चार हजार रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्