News Portal

  • लुम्बिनी विकास बैंकद्धारा विभिन्न संस्थाहरुलाई सहयोग

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०८०
    २१६ पटक
    ३१ जेठ, २०८०

    काठमाडौं । लुम्बिनी विकास बैंकले हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
    हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गर्नुका साथै स्थानीयहरु लगायत वरिपरीका गाउँहरुमा पनि स्वास्थ्य सेवा दिंदै आइरहको छ । बैंक अधिकारीले उक्त संस्थालाई बिगतका बर्षहरुमाझै यस बर्ष पनि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।
    साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका–३, शिखर आम्बोटोमा अवस्थित श्री देवी माध्यमिक विद्यालयलाई पनि सहयोग बापत १ थान कम्प्युटर र १ थान प्रिन्टर हस्तान्तरण गरेको छ ।
    उक्त विद्यालयमा बाल कक्षा देखि कक्षा १० सम्मको अध्ययन अध्यापन भइरहको हुदाँ आवश्यक हुने सुचना–प्रविधिको सामग्री सहयोग गरेको र सो बाट अध्यनरत करिब ८०० बिद्यार्थी लाभान्वित हुने छन् ।
    यसका साथै बैंकले रम्भा गाउँपालिका–४, हुमिन, बागचौर, पाल्पामा अवस्थित श्री अमर आधारभूत विद्यालयलाई पनि अतिरिक्त क्रियाकलाप तथा बिहानी प्रार्थना सञ्चालनार्थ १ थान साउण्ड सिस्टम हस्तान्तरण गरेको छ ।
    उक्त विद्यालयले ग्रामीण समुदाय, निम्न – आय, दलित, आदिवासी जनजाती बालबालिकाहरुलाई अध्यापन गराई रहेको छ । सो सामान हस्तान्तरण पश्चात त्यस विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थी लाभान्वित हुने छन् ।

     

    प्रतिकृया दिनुहोस्