News Portal

  • राष्ट्रिय बीमा कम्पनीको पाँच आर्थिक वर्षको साधारण सभा सम्पन्न, संचालकमा टिवडेवाल निर्वाचित

    आर्थीकसंसार संवाददाता३० जेठ, २०८०
    २२१ पटक
    ३० जेठ, २०८०

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो पाँच वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको हो । उक्त सभा काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
    सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
    राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्मको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गरेको छ ।
    सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गरेको छ ।
    सभाले सञ्चालकहरुको आर्थिक बर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता दिने प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना सञ्चालक रबि कुमार टिवडेवाललाई निर्वाचित गरेको छ ।

    प्रतिकृया दिनुहोस्